ऋषिङ म्याराथनको उपाधि जुम्लाका रोकायाको पोल्टामा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको ऋषिङ गाउँपालिकाले पृथ्वीजयन्तीका अवसर पारे आयोजना गरेको प्रथम ऋषिङ म्याराथन-२०७७ को उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । त्रिभुवन आर्मी क्लबका रोकायाले ऋषिङ-८ मा अवस्थित दुबुङकोट भ्युटावरसम्मको ४० किलोमिटर दूरी अन्तर्गतको खुल्ला दौड प्रतियोगिता २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा पार गरी प्रथम हुन सफल भएका छन् । यस्तैगरी त्रिभुवन आर्मी क्लबमै आवद्ध डोटीका धावक नवराज साउद देस्रो र सोलुखुम्बुका सुमन कुलुङ तेश्रो भएका छन् । साउदले २ घण्टा ५१ मिनेट ५० सेकेन्ड र कुलुङले २ घण्टा ५७ मिनेट ५० सेकेन्डमा उक्त दुरी पार गरेका थिए ।

करिव १०५ जना धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका देवराज महतारा, जम्दार वेदबहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका छन् । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

ऋषिङ्गे राजाको दरबार रहेको गडीडाँडाबाट सुरु भएको प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काँख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैचा हुँदै भिरकोट राजाको भग्नावशेष रहेको भिरकोटसम्म पुगेर टुङ्गएिको थियो । खेलमार्फत ऐतिहासिक एवं पर्यटकीय हिसावले अत्यन्तै महत्वपुर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker