तनहुँको शुक्लागण्डकी स्थित बेलचौतारामा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

  • राजकुमार आले (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्यक्रम अनुसार थर्पुटार टोलमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र भवन निर्माण गरी सेवा सञ्चालन गरिएको हो । नवनिर्मित स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले सामान्य स्वास्थ्य समस्या हुँदा वडावासीलाई उपचारान सहज हुने विश्वास व्यक्त गरे । उनले सेवा केन्द्रबाट उपलब्ध हुने सेवा दिन कुनै कञ्जुस्याई नगर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् ।

नगरप्रमुख गुरुङले विरामीको उपचारसंगै टोल टोलमा पुगेर स्वास्थ्य सचेतना जगाउन समेत आग्रह गर्दै यहाँ उपलब्ध सेवा दिन तपाईहरुले कुनै कञ्जुसाइ नगर्नुहोला, नागरिकप्रति जिम्मेवार भएर सेवा प्रवाह गर्न सुझाएका छन् ।

कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत गंगालाल सुवेदीले स्वास्थ्य सेवा केन्द्रबाट अधिकतम सेवा लिन वडावासीलाई आग्रह गरे । जति धेरै जनाले सेवा लियो, त्यति नै केन्द्रको सेवा र जनशक्ति थपिने भएकाले सामान्य स्वास्थ्य समस्या हुँदा खैरेनी, दुलेगौँडा र पोखरा गइहाल्ने प्रवृत्ति हटाउनु पर्ने उनले बताए । स्वास्थ्य केन्द्रको स्तरोन्नती र विकास गर्न वडाबासिको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय कुमार श्रीवास्तवले स्वास्थ्य केन्द्रलाई जीवन्त बनाउन स्थानीयवासीको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । जनताका लागि सुविधा सम्पन्न भवनसहित सरकारले आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने तर सेवा लिन जनता नआउने हो भने संस्थाको कुनै औचित्य नहुने उनको भनाई थियो । वडाध्यक्ष दीर्घबहादुर थापाले स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने सेवाबारे स्वास्थ्य स्वयंसेवस्काहरुले जानकारी दिनुपर्ने र जनप्रतिनिधिहरुको पनि निरन्तर सहयोग रहने बताएका छन् । २६ लाख ५७ हजार ३२२ रुपैयाँ लागतमा उक्त स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker