बन्दीपुरको सार्वजनिक सुनुवाइमा सेवा सुधार र सुशासनमा जोड

बन्दीपुर : तनहुँको  बन्दीपुर गाउँपालिका र बन्दीपुर अस्पतालले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार बन्दीपुरमा आयोजित सार्वजनिक सुनुवाइमा गाउँपालिका र अस्पतालले पछिल्लो चार महिनामा सम्पन्न भएका कार्यक्रम तथा उपलब्धिबारे जानकारी गराएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक गतिविधिबारे जानकारी गराएका थिए। बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले अस्पतालबाट प्रवाह भएका स्वास्थ्य सेवा, उपलब्धि तथा चुनौतीबारे जानकारी गराए ।
सुनुवाइका क्रममा सहभागीले पूर्वाधार विकास, स्वास्थ्य सेवा, शिक्षा, कृषि, पर्यटन, खानेपानी, फोहोर व्यवस्थापन तथा सरसफाइजस्ता विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
प्रश्नको जवाफ दिँदै वडा नं. ५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले सार्वजनिक सुनुवाइले नागरिक र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै प्राप्त सुझाव र गुनासालाई गाउँपालिकाले गम्भीरतापूर्वक कार्यान्वयनमा लैजाने बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. गिरीले सीमित स्रोतसाधनका बाबजुद गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै नागरिकबाट प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई अझ प्रभावकारी र बिरामीमैत्री बनाइने बताए ।
प्रमुख प्रशासकीय अधिकृत केसीले सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सुशासन सुदृढ गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नागरिकका सुझावलाई आगामी योजना तथा सेवा सुधारमा समेटिने जानकारी दिए । गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक, कृषि, शिक्षा र स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेट्ने समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताइन् ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सार्वजनिक सुनुवाइ स्थानीय सरकारको उत्तरदायित्व र प्रतिबद्धताको महत्वपूर्ण अभ्यास भएको बताउँदै कार्यक्रममा उठेका सबै सुझाव, प्रश्न र गुनासालाई गम्भीरतापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । विगतका कमीकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने तथा बन्दीपुर गाउँपालिकालाई सुशासित, समृद्ध र नागरिकमैत्री स्थानीय सरकारका रूपमा विकास गर्न सबै पक्षसँग सहकार्य गरिने उनले बताए।
गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, सबै वडाध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्य, शाखा प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker