५१ जना अपांगता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

- भञ्ज्याङ समाचारदाता (दमौली)
अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागिश्रोत केन्द्र रिसेडले तनहुँ जिल्लाका ५१ जना अपांगता भएका व्यक्तिहरुलाई विभिन्न प्रकारका सहयोगी तथा सरसफाइका सामग्रीहरु वितरण गरेको छ । राष्ट्रिय सभाका सांसद प्रकास पन्थ र गण्डकी प्रदेशसांसद सरीता गुरुङले संयुक्त रुपमा शनिबार दमौलीमा आयोजित एक कार्यक्रममा ती सामाग्रिहरु हस्तान्तरण गरेका हुन् ।
२ जना अतिअसक्त अपांगता भएका व्यक्तिहरुलाई दिसापिसाव गराउन सजिलो हुने ट्वाइलेट चियर, २२ जना अपांगता भएका महिलाहरुलाई सेनेटरी प्याड, २८ जना अति तथा पूर्ण असक्त अपांगता भएका व्यक्तिहरुलाई विभिन्न साइजका डाइपर र २४ जनालाई सरसफाइका लागि स्यानीटाइजर र दुइजनालाई बैशाखी वितरण गरिएको छ ।










