करणी गर्नेलाई १८ वर्ष कैद फैसला

  • भञ्ज्याङ समाचारदाता (दमौली)

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले एक युवकलाई १८ वर्ष कैद सजाय सुनाएको छ । पीडित किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत अदालतले आदेश दिएको छ । जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको इजलासले मध्यनेपाल नगरपालिका-६ भोर्लेटारका २५ वर्षीय सोनम धिंगाललाई कैद फैसला तोक्दै पीडितलाई जरिवाना गर्न आदेश जारी गरेको अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए। उनका अनुसार मंगलबार तोकिएको मुद्दा पेशीको अन्तिम किनारा लगाउँदै धिंगाल विरुद्ध फैसला भएको हो ।

यसअघि गत जेठ २० गते थुनछेक बहस हुँदा धिंगाललाई पुर्पक्षका लागि थुनामा पठाउन न्यायधीश ढुंगानाले आदेश दिएका थिए । अदालतले यही माघ १३ गते धिंगालले कसुर गरेको ठहर गरेको थियो । मंगलबार धिंगाल विरुद्ध कैद फैसला सुनाउँदै किशोरीलाई क्षतिपूर्ति भराउने आदेश दिएको स्रेस्तेदार काफ्लेले बताए ।

किशोरीलाई साँझ भेट भएको समयमा धिंगालले गाउँकै मकैबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान अनुसार मध्यरातमा घर फर्केकी छोरीलाई आमाले बिहान सोधपुछ गरेपछि धिंगालको नाम लिएकी थिइन् । त्यसपछि फरार भएका धिंगाललाई प्रहरीले वैशाख ३० गते तनहुँको दमौलीबाट पक्राउ गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker