लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : लैङ्गिक हिंसा मुक्त समाज भए सभ्य समाज हुन्छ : सांसद सिग्देल

भञ्ज्याङ समाचारदाता (तनहुँ)

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गकि हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताएका छन् ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गन्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा विहीबार दमौलीमा आयोजना गरिएको ‘जातीय विभेद र कोभिड-१९ को कारण महिलामा परेको असर’ विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिग्देलले उक्त कुरा बताएका हुन् ।

उनले जबसम्म लैङ्गकि हिंसा मुक्त समाज बन्दैन, तबसम्म सभ्य समाज पनि बन्न नसक्ने हुँदा हिंसाका विषयलाई सम्बन्धित ठाउँमा उठाउनु पर्ने बताए । कानुन निर्माण गर्ने तहमा पुगेको हुँदा आफुले हिंसा विरोधी कानुन निर्माणमा सरकारलाई सुझाव दिने सांसद सिग्देलको भनाई थियो ।

लैङ्गकि हिंसाका मुद्दाहरु शहर बजारमा भन्दा पनि गाउँमा बढि हुने भएकोले यस्ता जनचेतनाका कार्यक्रम गाउँमा गरिनु पर्नेमा सांसद सिग्देलको जोड थियो । पछिल्लो समय सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई पनि कडा सजायको व्यवस्था गरेको भन्दै सांसद सिग्देलले त्यसलाई अब संसदले अपनत्व ग्रहण गर्ने बताए । अझै घरेलु हिंसाका केही मुद्दाहरुमा पनि त्यस्तै कडा खालको कानुनको आवश्यकता छ भन्दे उहाँले त्यसलाई पनि संसदले सम्बोधन गर्ने बताए । हिंसा गर्नेहरुलाई कुनै राजनीतिक दल र आस्थाको आधारमा हेरिन नहुनेमा सांसद सिग्दलले जोड दिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारीले कोभिडको समयमा सबैभन्दा धेरै पीडित महिला नै भएको बताए । चाहे स्वास्थ्य परिक्षणको क्रममा होस् चाहे घरायसी काममा नै महिला नै पीडित भएको उनको भनाई थियो।

सुत्केरी महिला, गर्भवती र अन्यले समयमा स्वास्थ्य परिक्षण गर्न पनि असहज अवस्था सिर्जना भएको भन्दै उनले स्वास्थ्य कार्यालयको तर्फाट आफुले सबै स्वास्थ्य संस्थामा निर्देशन पर्ठाई कोभिडको बाहानामा कुनै पनि नागरिकलाई उपचार पाउनबाट बन्चित गर्नु नहुने बताए । तर पनि कतिपय अवस्थामा महिला, अशक्त, जेष्ठ नागरिक र बालबालिकाहरुले सहजरुपमा उपचार सेवा पाउन नसकेको गुनासो आएको अधिकारीको भनाई थियो ।

व्यास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख राधा आचार्यले सरकारी कार्यालयले सेवा प्रवाह गर्दा लैङ्गकि मैत्री हुनु पर्छ भन्नेमा आफुहरु प्रतिबद्ध रहेको बताए । व्यास नगरपालिकाले पनि लैङ्गकिमैत्री व्यवहार गर्दै आएको बताए । स्थानीय तहले पनि कोभिडको समयमा सबै नागरिकले सहज रुपमा सेवा पाउन भन्ने हिसावले काम गरिरहेका उनको भनाई थियो । तर कोभिड या अन्य कुनै महामारीको समयमा सबैभन्दा दुख पाउने र पीडित हुने क्षेत्र भनेकै महिला र बालबालिका हुने आचार्यको भनाई थियो ।

नेपाल वार एसोसियनस तनहुँका पूर्व अध्यक्ष अधिवक्ता शिवदत्त ढकालले जातिय विभेदको बारेमा संविधानमा भएको प्रस्तावको व्यवस्था, मौलिक हक अन्तरगत शोषण विरुद्धको हक, दलितको हकको बारेमा सबै जानकार हुनु पर्ने बताए ।

सामुदायीक वन उपभोक्ता महासंघ तनहुँका जिल्ला सचिवालय सदस्य अनिल पाण्डेले बैदेशिक रोजगारीबाट घरका लोग्ने मान्छे फर्किएपनि त्यसको दीर्घकालिन रुपमा परिवारको आर्थिक बोझ र समस्या धेरै महिलालाई नै परेको बताए । संक्रमित पुरुषहरु होम आईसोलेसनमा बसेको समयमा ति पुरुषहरुले प्रयोग गरेको भाँडा, लत्ता कपडा आदि सफा गर्ने जिम्मेबारी महिलालाई नै परेको भन्दै उनले जसको कारण घर भित्रै बसेका महिला पनि संक्रमणको जोखिममा परको बताए ।

मानवअधिकार निगरानी समुहका जिल्ला संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, संयुक्त दलित उत्थान मन्चका सचिव विनोद बिक, क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमिल्सेना, दलित महिला कल्पना परियार लगायतले पनि जातिय विभेद र कोभिडको कारण सबैभन्दा बढि महिला नै पीडित भएको बताए ।

कार्यक्रममा महिला शसक्तिकरण सन्चार समाज तनहुँकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले कोभिडको कारण महिलामा परेको पिडा र क्षती तथा हिंसाको प्रकृतिको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । उनको कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, स्वास्थ्य कार्यालय तनहुँ दमौली अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र र अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक)ले कोभिडको समयमा संकलन गरेको तथ्यांकहरु प्रस्तुत गरिएको थियो।

कार्यपत्रका उल्लेखित इन्सेकको तथ्यांक अनुसार कोभिडको कारण भएको लकडाउन पछि तनहुँ जिल्लामा १५ वटा बलात्कारका घटना भएको उल्लेख गरिएको छ। सो कार्यपत्रमाथि अधिवक्ता शिवदत्त ढकालले टिप्पणी सहितको सुझाव प्रस्तुत गरेका इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker