तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

भञ्ज्याङ न्यूज

तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुइ तले भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल श्रीपञ्चमीको दिन पारेर विहीबार उक्त भवनको शिलान्यास गरेका छन् । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले बताए ।

ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताए । उनले भने, ‘नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने छ ।’

जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker