भानु सामुदायिक स्वास्थ्य केन्द्रमा पाँच लाखको अक्षयकोष
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-२ स्थित नारेस्वटारमा सञ्चालित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
स्वास्थ्य केन्द्रको स्तरोन्नती र दैनिक सेवा प्रभाबकारी रुपमा संचालन गर्ने उद्देश्यका साथ आफ्ना दिवंगत आमाबुबाको स्मृतिमा छोरा ऋषिकेशर उपाध्याय छोरीहरु भुवनेश्वरी कडेल र सितादेबि पन्तले अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष स्थापनका लागि उनीहरुले स्वास्थ्य केन्द्रका अध्यक्ष दिपकराज उपाध्याय, भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठिलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठिले स्वास्थ सेवा निःशुल्क र सरल तबरबाट संचालनका लागि नगरपालिका ले विविध प्रकारको जनचेतना मुलक कार्यक्रम र शिबिरहरु संचालन ल्याएको बताए। उनले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा स्वास्थ्य सम्बन्धित गतिविधिहरु अगाडि बढाउँदै आएको पनि बताए।
अक्षयकोष दाता ऋषिकेशरी उपाध्यायले आफ्नो कमाईको केही रकम आमाबुबाको स्मृतिमा अक्षयकोष स्थापना गरेको बताउँदै यो रकमको व्याजबाट सर्वसाधारणलाई उपचार सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।










