गोरखाको बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा

एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । गोरखाको बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उहाँको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker