पार्टीको साधारण सदस्य समेत नरहने गरी काँग्रेस नेतृ चिजा श्रेष्ठद्वारा  राजिनामा

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ घर भएकी नेपाली काँग्रेसका नेतृ चिजा श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएकी छिन्। नेपाली काँग्रेस तनहुँको पूर्व जिल्ला सदस्य समेत रहेकी उनले आज पार्टी उपसभापति देवकुमार श्रेष्ठ समक्ष पत्र मार्फत राजिनामा दिएकी हुन्।

राजिनामा पत्रमा यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा लामो समय देखि दुःख गरेका इमान्दार र निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाउदै आफु निकटका आर्थिक चलखेल गर्न सक्ने व्यक्तिहरुलाई पार्टीको मूल्य मान्यता विपरित टिकट वितरण गरेकोले इमान्दार र निष्ठावान कार्यकर्ताहरुको मनोवल गिर्ने काम भएको उल्लेख गरेकी छिन्।

उनले भनेकी छिन् ‘इमान्दार र निष्ठावान कार्यकर्ताहरुको मनोवल गिराउने काम भएकोले २८ वर्षदेखिको आफ्नो नेपाली काँग्रेसमा रहेको राजनैतिक जीवनबाट साधारण सदस्य समेत नरहने गरी अलग भएको छु’।

यस्तै आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा उनले दिएको स्वतन्त्र उम्मेद्वारी कायमै रहेको पनि बताएकी छिन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker