शुक्लागण्डकीमा असिनापानीका कारण १५ सय कुखुरा मरे

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

लामो समयपछि परेको हिउँदे वर्षाका कारण तनहुँको शुक्लागण्डकीका केही वडामा ठूलो क्षति पुगेको छ । शुक्लागण्डकीको वडा नं. ८, ९ र १० मा आइतबार हावाहुरी सहित परेको असिनापानीले हिउँदे बालि तथा कुखुरा पालनमा समेत क्षति पुर्‍याएको छ ।

शुक्लागण्डकी-१० स्थित मिनामखानीमा दुलेगौँडाका हरि खड्काले संचालन गरेका युनिक मल्टि एग्रो फार्ममा पालिएको १ हजार ५ सय कुखुरा असिनाले लागेर मरेका छन् । दिउँसो चरणका लागि खुला छाडिएका साना ठुला कुखुरा मरेको खड्काले बताए ।

‘कतिपय कुखुरा असिनामा गडेका छन्’ । उनले भने ‘रातभरीमा अझै कति मर्ने हुन् थाहा छैन । अहिलेसम्म पनि असिना डेढ फिट भन्दा धेरै जमेको अवस्थामा छ ।’ असिनाका कारण १०/१२ लाख बराबरको क्षति पुगेको उनले बताए । हावाहुरी र असिनापानी हृवात्तै आएकाले मान्छे जानै नसक्ने हुँदा धेरै क्षति भएको उनले बताए ।

फर्ममा कुखुरा, हाँस र कालिजका लागि राखिएका जालीमा समेत क्षति पुगेको छ । ‘हावाहुरी र असिनाले जाली कतै च्यातिएको छ भने कतै असिना भरिएको हुँदा झोलिएर बसेको छ उनले बताए । यस्तो प्राकृतिक प्रकोपबाट कृषकलाई परेको क्षतिमा सरकारले हेर्नुपर्ने उनको भनाई छ ।

असिनाले हिउँदे तरकारीबाली पुर्ण रुपमा नष्ट गरेको छ । वडा नं. १० मा मात्र तरकालीबाली र टनेलोमा पुगेको क्षति गरी १५ लाख भन्दा बढिको क्षति भएको वडाध्यक्ष राजेन्द्र भट्टराइ क्षेत्रीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker