दुई दिनको विपदमा ४८ जनाको ज्यान गयो, २८ जना घाइते हुँदा ६ जना अझै बेपत्ता

इलाममा मात्र ३७ जनाको मृत्यु

काठमाडौं । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् ।

मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।

यस्तै ५ जनालाई बाढीले बगाएको छ (स्याङ्जा–४, इलाम–१) भने इलाममा पहिरोले १ जनालाई पुरेको छ ।

यस्तै २८ जना घाइते भएका छन् । पहिरोमा इलामका १६, पाँचथरका २ र ललितपुरका २ जना घाइते छन् । त्यस्तै, चट्याङ लागेर भोजपुरमा ३, खोटाङमा ३, उदयपुरमा २, मकवानपुरमा २, ताप्लेजुङमा १, धनकुटामा २ र बारामा २ जना घाइते भएका छन् ।

विपद्का कारण इलामको माइक्रोट्युड गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवती महिला सहित २ जनाको उद्धार गरिएको छ । यस्तै, विभिन्न जिल्लामा बाढी र डुबानमा परेका १६ जनाको समेत हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

सरकारले देशभर उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरेको छ भने जोखिमयुक्त स्थानका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker