पाहुनालाई स्वागत

तनहुँका व्यास नगरपालिका–१४ रुम्सी सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई फूलमाला र टिकाले स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालक महिलाहरु ।

लाहुरेको गाउँका रुपमा परिचित रुम्सीलाई गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाले नवप्रवर्द्धन कार्यक्रम मार्फत होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेसंगै अहिले ग्रामीण पर्यटकीय गाउँको रुपमा परिचित हुन थालेको छ । स्थानीय खानाका परिकार, मगर समुदायको संस्कार संस्कृतिका कारण पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटक होमस्टेमा पुग्न थालेका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










