बौद्धिक अपाङ्गताको आयआर्जनका लागि वास्नादार बटारे धूप बनाउने तालिम

भञ्ज्याङन्यूज

बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले वास्नादार बटारे धूप बनाउने तालिम संचालन गरिएको छ ।

सहृदयी मन्च तनहुँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा फागुन २५ देखि २८ गतेसम्म तालिम सञ्चालन हुने भएको छ ।

तालिमको शुभारम्भ गर्दै सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा सामाजिक विकास कार्यालयले सीपमूलक तालिमको लागि पहल गर्ने बताए ।

सहृदयी मन्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा अपांगता अधिकारकर्मी मदन पौडेल, व्यास नगर पालिका वडा नं.३ का वडा सदस्य श्रीमाया वि.क., महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख राधा आचार्य, मस्तिष्क पक्षघात स्वाबलम्बन समूह तनहुँ कार्यक्रमका संयोजक विष्णु प्रसाद गौतम, तनहुँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगता महिला सशक्तिकरण समाज तनहुँका सचिव सीता देवी कँुवर, तनहुँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका सदस्य किशोर न्यौपाने र बन्दिपूर अपांगता समन्वय समितिका सदस्य एवं सहृदयी मन्च तनहुँ नेपालका सल्लाहकार कृष्ण बहादुर थापाले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा यो तालिम महत्वपूर्ण हुने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker