घिरिङ अध्यक्ष कपको उपाधी वडा नं. १ र २ ले जित्यो

भञ्ज्याङ समाचारदाता (घिरिङ)

तनहुँको घिरिङ गाउँपालिकाको युवा खेलकुद विकास समितिले आयोजना गरेको घिरिङ अध्यक्ष कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी पुरुषतर्फ वडा नं. १ र महिलातर्फको उपाधी वडा नं. २ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ वडा नं. २ लाई पराजित गर्दै वडा नं. १ ले उपाधि जित्न सफल भएको हो ।

यस्तै महिलातर्फ भएको खेलामा वडा नं. १ लाई पराजित गर्दै वडा नं. २ प्रथम हुने सफल भएको हो । प्रतियोगितामा प्रथमलाई ४० हजार रुपैयाँ र द्धितीय हुनेलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ पाँच टिमको सहभागिता रहेको थियो ।

विजयी प्रतियोगितलाई तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पुरस्कृत गरेका थिए । उनले सो अवसरमा वर्तमान सरकाले विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताए । सांसद सिग्देलले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विकासको कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए ।

प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक, सबै घरधुरीमा खानेपानी, विद्युतीकरणको सेवा सरकारको प्राथमिकतामा परेको बताउँदै सांसद सिग्देलले गाउँगाउँमा सुविधाजनक अस्पतालको निर्माण शुरु भएको चर्चा गरे । तीनवटै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताउँदै उनले जनताको विश्वास जितेर काम गरे अपेक्षा पूरा गर्न सकिने समेत बताएका छन् ।

अहिले संविधान सर्वस्वीकार्य भएको बताउँदै सांसद सिग्देलले सबै समूह राजनीतिक मुलधारमा आएको बताउँदै अब राजनीतिक क्रान्ति गर्नुपर्ने अवस्था नभएको समेत बताए । घिरिङ गाउँपालिका हुँदै स्याङजाको गल्याङदेखि चितवनको गाइघाट जोड्ने सहायक राजमार्ग निर्माण हुन लागेको बताउँदै उनले यसैवर्ष खर्च गर्न ४ करोड र ४० करोड रुपैयाँ थप विनियोजन हुने बताए ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रानबहादुर रानाले आफु निर्वाचित भएर आउँदा गाउँपालिकाभरि १० प्रतिशत घरमा मात्रै विजुली बलेपनि अहिले सबै घरधुरीमा बिजुली पुगेको बताए । खानेपानी र सिंचाईमा पनि धेरै प्रगती भएको बताउँदै अध्यक्ष रानाले कृष्णमार्गमा शीघ्र कालोपत्रे गर्न निर्माण गम्पनीको ध्यानाकर्षण गराउँदै आएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker