विद्यालयमा देउसीभैलो कार्यक्रम

तनहुँको भानु नगरपालिका–१३ सम्जुर स्थित श्री जनसहयोगी माध्यमिक विद्यालयको प्राङ्गणमा तिहार पर्वको अवसरमा देउसीभैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दै छात्राहरु । नेपाली मौलिक संस्कृति, परम्परा र आपसी सद्भावलाई जगेर्ना गर्दै विद्यार्थी तथा शिक्षकहरूको उत्साहपूर्ण सहभागिता जनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस कार्यक्रम मार्फत हाम्रो संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिदै विद्यालयले शुभकामना व्यक्त गरेको छ । तस्विर : भञ्ज्याङ










