ऋषिङको ग्वास्लुङ स्वास्थ्य इकाईद्वारा मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम संचालन

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–३ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आइतबार नियमित मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । इकाईले यस अवसरमा, स्वास्थ्य आमा समूहको बैठक गरी समुदायको स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा छलफल समेत गरेको छ ।
समुदायमा स्वास्थ्य शिक्षा र सरसफाइका महत्वपूर्ण पहलुहरूमा जनचेतना फैलाउनु मुख्य उद्देश्यका साथ स्वास्थ्य इकाईले बच्चाहरूसँगै महिलाहरूका लागि स्वास्थ्य सेवामा पहुँच र सुधारका लागि लगातार काम गर्दै आएको स्वास्थ्य इकाई प्रमुख तिलक रानाभाटले जानकारी गराए ।
इकाईल जुका (परजिवि) को रोकथाम र उपचारका विषयमा समेत जानकारी गराएको छ । स्वास्थ्य आमा समूहका सदस्यहरूलाई कार्यक्रममा जुका (जुकाको संक्रमण) र यसको रोकथामका उपायहरूमा विशेष ध्यान केन्द्रित गराइएको थियो । जुका विशेष गरी ५ वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरूमा बढी असर गर्ने गरेको पाइन्छ । यसका लक्षणहरू र उपचारका उपायहरूका बारेमा विस्तृत जानकारी दिइएको छ ।
समुदायमा सरसफाइको कमी र स्वास्थ्य शिक्षाको अभावले गर्दा जुका तथा अन्य संक्रमण फैलिने जोखिम उच्च रहेको बताइएको छ । कार्यक्रममा सहभागीहरूले जुका रोगको रोकथामको लागि स्थानीय समुदायमा अझ बढी सचेतना र स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्न सुझाव दिइएको स्वास्थ्य इकाईका प्रमुख रानाभाटले बताए ।
उक्त कार्यक्रमको अवसरमा दुई वर्ष मुनिका बालबालिकाहरूको तौल मापन र मध्य पाखुराको नाप गरेर पोषण स्थितिको जाँच पनि गरिएको थियो । यसले बालबालिकाको स्वास्थ्य र पोषण अवस्थालाई सुधार्नका लागि आवश्यक उपायहरूको पहिचान गर्न मद्दत पु¥याउने बताइन्छ ।
ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका प्रमुख अधिकारीले यस प्रकारका कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सुधार ल्याउने आशा व्यक्त गर्दै, सबैलाई नियमित स्वास्थ्य सेवामा सहभागी हुन स्थानीयलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य इकाईले स्वास्थ्यका सबै पक्षमा समुदायको सहभागिता र सहयोग आवश्यक रहेको बताएका छन् । यसरी मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रमले समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र रोगहरूको रोकथाम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker