बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको शुक्लागण्डकीबाट दाजु पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ का एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाजुलाई बुधबार पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।

२७ वर्षीय दाजुले मानसिक रुपमा कम्जोर रहेकी १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

पक्राउ परेका दाजुले डर, धम्की दिंदै बहिनीलाई गत शुक्रबार राती र विगतमा पनि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले ती युवालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker