फोनिज तनहुँमा श्रेष्ठ चयन
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँको चौथो अधिवेशनले किरण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव ममता गुरुङ्ग, सह-सचिव सुबिना थापा मगर, कोषाध्यक्ष संजय श्रेष्ठलाई सर्वसम्मत चयन गरे छ ।
यस्तै सदस्यहरुमा मिलन तामाङ्ग, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापा मगर, करिष्मा गुरुङ्ग छन भने प्रदेश प्रतिनिधिमा प्रताप राना मगर, सुशिला थापा मगर, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र राजकुमार आले चयन भएका छन् । फोनिज तनहुँको केन्द्रीय प्रतिनिधिमा विष्णु मास्की मगर, सन्तोषी श्रेष्ठ, राजकुमार श्रेष्ठ र राम बहादुर धामीलाई चयन गरिएको छ ।
यस्तै, अधिवेशन उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्की अध्यक्ष बसुन्धरा घर्तीले पछाडी परेका वर्ग, जातजाती र क्षेत्रलाई पत्रकारले अगाडी ल्याउनुपर्ने बताइन् । उनले पत्रकारले आफ्नो अधिकारका लागि आफै बोल्नुपर्ने बताइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी कोषाध्यक्ष विमला कंडेल, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस सेन्टर तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, रिपोर्टस क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले, सञ्चारिका समूह तनहुँकी अध्यक्ष सम्झना रसाइली, महिला सशक्तिकरण तनहुँकी उपाध्यक्ष शिला वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।










