आदिकवि भानुभक्त क्याम्पसमा एमबिएस प्रवेश परीक्षा

दमौली : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको एमबिएस कार्यक्रममा अध्ययन गर्ने उद्देश्यले आदिकवि भानुभक्त क्याम्पसमा आवेदन दिएका विद्यार्थीहरूको प्रवेश परीक्षा शनिबार लिइएको छ ।

प्रथम सेमेस्टर (२०८२ ब्याच) का लागि आवेदन फारम भरेका ४८ जना विद्यार्थीहरूले शनिबार बिहान क्याम्पस परिसरमा प्रवेश परीक्षा दिएका हुन् ।

आदिकवि भानुभक्त क्याम्पसमा २०६३ सालदेखि एमबिएस कार्यक्रम सञ्चालन हुँदै आएको छ। तनहुँ जिल्लामा हाल आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा मात्र एमबिएस कार्यक्रमको अध्ययन–अध्यापन भइरहेको छ ।

एमबिएस कार्यक्रमको कक्षा बिहानी सत्रमा सञ्चालन हुँदै आएको छ। क्याम्पसका अनुसार कक्षा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुने गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबिएस तहको पढाइ सेमेस्टर प्रणालीमा आधारित छ ।

चार सेमेस्टरमा सम्पन्न हुने एमबिएस कार्यक्रमका लागि क्याम्पसले कुल अध्ययन शुल्क १ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

क्याम्पसले नियमित कक्षामा उपस्थित हुने, जेहेन्दार, सेमेस्टर बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा सामाजिक र आर्थिक रूपमा कमजोर अवस्था भएका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्दै आइरहेको जनाएको छ । साथै दुर्गम क्षेत्रबाट अध्ययनका लागि आएका छात्रा (महिला) विद्यार्थीहरूका लागि छात्रावासको सुविधा पनि उपलब्ध गराइएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार एमबिएस कार्यक्रमको नियमित कक्षा आगामी माघ महिनाको पहिलो हप्तादेखि सुरु हुने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker