महिला उद्यमीद्वारा शुभकामना आदान-प्रदान
भञ्ज्याङ समाचारदाता/खैरेनीटार

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले शनिबार शुभकामना आदान-प्रदान गरेको छ । समितिले नेपालीहरुको महान् पर्व दशैँ, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले चाडपर्वले धार्मिक सहिष्णुता, आत्मियता, आपसी सहयोग, सद्भाव र भातृत्वको भावना जगाउन मद्दत गर्ने बताउँदै शुभकामना व्यक्त गरिन् । उनले चाडपर्वलाई सभ्य र सुसंस्कृत बनाउन महिला उद्यमीहरुको ठुलो भुमिका हुनुपर्नेमा जोड दिइन् ।
समितिकी अध्यक्ष बसन्ता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त ज्वारचन, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा समितिले खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संसथा र इलाका प्रहरी कार्यालय बेलचौतरालाई स्यानीटाइजर तथा मास्क हस्तान्तरण गरेको थियो ।







![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)


