तनहुँ प्रहरीद्वारा चार सय फरार प्रतिवादी पक्राउ

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले चालू आर्थिक वर्षको यस अवधिमा ३६६ फरार प्रतिवादी पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २७७/७८ को साउनदेखि चैत १ गतेसम्म प्रहरीले जिल्लाका विभिन्न भागबाट ३६६ फरार प्रतिवादी पक्राउ गरेको हो । जिल्ला अदालतबाट फैसला भई सजाय निर्धारण भएका प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले अभियान नै चलाएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा विगत २७ वर्षेखि फरार भानुका ५२ वर्षीय कुमार पन्थ भन्ने कुमारदेव पन्त, कर्तव्य ज्यान मुद्दामै १५ वर्षदेखि फरार शुक्लागण्डकी नगरपालिका घर भई हाल रुपन्देहीको देवदह नगरपालिका बस्ने ६० वर्षीय ज्ञानुमाया नेपालीलाई पक्राउ थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा जबर्रजस्ती करणीका १४, कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगका दुइ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा २४० मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ ।

प्रहरीका अनुसार २१ वटा लागुऔषध मुद्दामा ४१ जना पक्राउ परेका छन् भने ६०० क्युफिट सालको काठ र तीन सय क्युफिट बाकलसहित तीन वटा सवारी नियन्त्रणमा लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker