गाईखुरे झरनामा पर्यटक बढ्दै

रासस/लमजुङ

डुम्रे-बेंसीसहर सडक छेउमा रहेको बेँसीसहर नगरपालिका-१ दलालस्थित गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् । केही महिना सुनसान रहेको यस झरनामा पानी बढ्न थालेसँगै एक हप्तायता दैनिक पर्यटक बढ्न थालेका हुन् । यहाँ दैनिक १५० देखि २०० सम्म पर्यटक आउने गरेको यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले बताउनुभयो । शुक्रबार, शनिबार र बिदाको समयमा यतिबेला २०० देखि ३०० जनासम्म पर्यटक आउने गरेका उहाँले सुनाउनुभयो । यहाँ बिहान ७ देखि साँझ ७ बजेसम्म पर्यटक आउने उहाँको भनाइ छ ।

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङ लगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ डुम्रे बेँसीसहर सडक नजिकै रहेकाले यस रुटमा सञ्चालन हुने सवारी साधन यहाँ आइपुग्दा एक छिन भए पनि रोकिएर झरना हेर्दै जाने गरेको पाइन्छ ।

छहरा हेर्दै फुरुङ बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । अधिकांश पर्यटक झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर समाउने गर्छन् । करिब ६० मिटर उचाइबाट झरेको पानीको छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ ।

झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक शर्मिला घिमिरेले बताउनुभयो । असारदेखि असोज महिनासम्म मात्र यस झरनामा पानी झर्ने गर्दछ । झरना वरिपरि व्यवस्थित हुन सकेको छैन । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि बेँसीसहर नगरपालिकाले अन्य संघसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । उहाँका अनुसार यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि तीन वर्षअघि डिपिआरसमेत तयार गरिसकिएको छ ।

नगरपालिकाले रु छ करोड ६९ लाखमा एक निजी कम्पनीलाई सूचीकृत गरिसकेको नगरप्रमुख अर्यालले बताउनुभयो । यस झरनामा मर्स्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने योजना बनाइएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा र्‍याफ्टिङ समेत सञ्चालन गर्ने उहाँको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकहरू समेत आकषिर्त हुने अपेक्षा नगरपालिकाको रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker