सरकारी तथा संस्थानका चालकबाट विद्यार्थीलाई न्यानो कपडा वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

सरकारी तथा संस्थान सवारी चालक एशोसियन तनहुँले ऋषिङ गाउँपालिका-३, दुबुङ स्थित शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक समाग्री प्रदान गरेको छ । एशोसियसनले शिशुदेखि कक्षा ५ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीलाई सुइटर र विद्यालयका सबै विद्यार्थीलाई कापी र कलम प्रदान गरेको हो ।

जाडोयाममा विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई कपडाको अभाव हुने भएकाले एशोसियसनमा आबद्ध चालकहरुबाट रकम संकलन गरेर विद्यार्थीहरुलाई सुइटर वितरण गरिएको सरकारी तथा संस्थान सवारी चालक एशोसियसन तनहुँका अध्यक्ष कुशेश्वर गुरुङले जानकारी दिए ।

एशोसियसनमा आबद्ध सदस्यहरुबाट विद्यार्थीहरुलाई सहयोग गर्ने योजना बनेपछि संस्थामा प्रस्ताव गरेर विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक समाग्रीहरु उपलब्ध गराएको एशोसियसनका पुर्व उपाध्यक्ष तेजबहादुर (श्रीराम) रानाभाटले जानकारी दिए ।

बिहान विद्यालय समयसम्म पनि गाउँमा बाक्लो कुहिरो लाग्ने भएकाले विद्यार्थीलाई जाडोयाममा विद्यालयमा पठनपाठनमा न्यानो कपडाले सहयोग मिल्ने विद्यालयका प्रधानाध्यापक हर्क थापाले बताए ।

सरकारी तथा संस्थान सवारी चालक एशोसियन तनहुँका पूर्व अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरुलाई योगा र खानपानका बारेमा सचेतना जगाएका थिए । एशोसियसनमा जिल्लाका सरकारी तथा संस्थान कार्यालयमा कार्यरत करिब ८० चालक आबद्ध रहेको पूर्व उपाध्यक्ष महादेव बरालले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker