मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् ।

दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker