दमौलीको गणेशमान चोकमा रोटर्याक्टद्वारा डिजिटल घडी जडान

रोटर्याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-२ स्थित गणेशमान चोकमा स्वचालित डिजिटल घडी जडान गरेको छ । शनिबार सो डिजिटल घडीको रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेटेटिभ रोशन कार्की र व्यास नगरपालिका वडा नं. २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
उक्त चोक दमौलीको प्रमुख मध्यको एक चोक भएकाले सो स्थान भएर आवतजावत गर्ने सर्वसाधारणलाई मिति, समय, तापक्रम, सूचना लगाएतका कुरामा सहज जानकारी होस भन्ने उद्धेश्यले डिजिटल घडी जडान गरिएको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।
सो अवसरमा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेटेटिभ रोशन कार्कीले समाजमा आवश्यक भएको काम रोटर्याक्ट दमौलीले गरेको बताए ।
व्यास-२ का वडाअध्यक्ष काशीराम श्रेष्ठले युवाहरु समाजको आवश्यकता बुझेर एकजुट हुनु अत्यन्तै राम्रो काम भएको बताए । डिजिटल घडी जडान पछि वडाको मुख्य चोक गणेशमान चोक भएर आउजाउ गर्ने सबैलाई समय, तापक्रम लगाएतको जानकारी पाउन सहज हुने उनको विश्वास छ ।
उक्त डिजिटल घडी जडानको लागि दमौलीमा रहेको टाइम एकेडेमीले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । उक्त कार्यक्रमको संचालन रोटर्याक्ट क्लब अफ दमौलीका उपाध्यक्ष किरण श्रेष्ठ र स्वागत क्लबका पूर्वअध्यक्ष दामोदर भण्डारीले गरेका थिए ।
रोटर्याक्ट क्लब अफ दमौलीले समाजमा शिक्षा, स्वास्थ्य, खानेपानि, सरसफाई, खेलकुद, युवा, महिला, बालबालिका लगाएतको विभिन्न क्षेत्रमा विविध काम गर्दै आइरहेको क्लबले जनाएको छ ।