शैक्षिक तथा व्यावसायीक भवन शिलान्यास

भञ्ज्याङ समाचारदाता/दमौली

आदिकवि भानुभक्त क्याम्पसले शैक्षिक तथा ब्यावसायीक भवनको आइतवार शिलान्यास गरेको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भवनको शिलान्यास गर्दै क्याम्पस शैक्षिक योग्दानमा पुर्‍याएको योग्दानको चर्चा गरेका थिए । नगरपलिकाको आर्थिक अनुदान सहयोगमा निर्माण गर्न लागिएको भवन चालु आवमा २५ लाख र आगामि आवमा ३० लाख गरी ५५ लाख रकम विनियोजन गरेको नगरप्रमुख न्यौपानले जानकारी गराए ।

दमौली वेलवास सडक खण्डसंगै जोडिएको क्याम्पसको लालपुर्जाको जग्गामा वारपार खण्ड खण्डमा चरणवद्ध बन्न लागेको ४ तले उक्त भवनको भुइ तला व्यापारिक तथा ब्यावसायीक प्रयोजनका लागि प्रयोग गरिने भएको छ । भवनको अन्य तलाहरु शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोगमा ल्याउने गरी भवन डिजाइन गरिएको क्याम्पसले जनाएको छ ।

समुदायद्वारा व्यवस्थापन गरिएको यस क्षेत्रको महत्वपूर्ण उच्च शिक्षाको गन्तव्य बन्न सफल आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक पूर्वाधार निर्माणमा ब्यास नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दैआएको र यस भवन निर्माण पछि क्याम्पसको दिगो आम्दानीको श्रोत जुट्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रहृमदत्त तिमल्सेनाले बताए ।

उक्त भवन क्याम्पस निर्माण तथा उपभोक्ता समिति आफैले निर्माण सामग्री खरिद गरी निर्माण श्रमीक दैनिक हाजीरीमा खटाएर निर्माण गर्न लागेको क्याम्पस निर्माण तथा उपभोक्त समितिका अध्यक्ष दिल बहादुर दरैले बताए ।

दरैको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस सल्लाहकार समितिका सदस्य विश्व बास्तोला, छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केश बहादुर सुनार, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker