नयाँ पाठ्यक्रमको शिक्षण सिकाइ गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँ र जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको बैठकले नयाँ पाठ्यक्रमको शिक्षण सिकाई सञ्चालन गर्ने निर्णय गरेका छन् । कक्षा एकमा शैक्षिक सत्र २०७७ देखि नयाँ एकिकृत पाठ्यक्रम सबै विद्यालयमा लागु भैसकेको र शैक्षिक सत्र २०७८ देखि कक्षा २, ३ र कक्षा ६ मा समेत लागु हुने हुनाले नयाँ पठ्यक्रमको मर्म अनुसार शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले तोकिएका विषयमा तोकिएको माध्यमबाट सञ्चालन गर्न, विद्यालयमा अनिवार्य रुपमा कम्तिमा एक थान पाठ्यक्रम राख्न, शिक्षकहरु बीचमा नयाँ पाठ्यक्रमको बारेमा छलफल गर्न, नयाँ पाठ्यक्रमको मर्म अनुसार शिक्षण सिकाइ कार्य सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा बसेको बैठकले नयाँ पाठ्यक्रमका लागि जिल्लामा प्रशिक्षक तयार भैसकेको हुनाले स्थानीय तहको नेतृत्व र समन्वयमा पालिका स्तरमा पाठ्यक्रम कार्यान्वयन तालिम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

तनहुँका पालिकाहरुको शिक्षा शाखाका शाखा प्रमुखहरु उपस्थितिमा बसेको बैठकमा पालिकाले गरेका शिक्षा सम्वन्धी कार्य, गर्नु पर्ने कार्य, राम्रा अनुभव सम्वन्धमा छलफल गरिएको बताइएको छ । यस्तै, बैठकले कोभिडको महामारी बढ्दो क्रममा रहेको अवस्थामा विद्यालय शिक्षण सिकाइ, विभिन्न शैक्षिक कार्यक्रम लगायत परीक्षाहरु सञ्चालन गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना गर्न गराउन विद्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker