तनहुँको बन्दिपुरमा “रेबान” गठन, जिल्लाका होटल तथा रेष्टुरेन्टलाई आवद्ध गराइने

भञ्ज्याङ न्यूज

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा रेष्टुरेण्ड एण्ड वार एशोसिएशन (रेवान) बन्दिपुर विधिवत रुपमा गठन गरिएको छ। रेवानका केन्द्रीय अध्यक्ष इ. अरनिको राजभण्डारीले कार्यालय भवनको उद्घाटन तथा कार्यसमितिलाई प्रमाणपत्र प्रदान तथा पदस्थापन गरी रेवान बन्दिपुर गठनको आधिकारिक्ता प्रदान गरेका हुन् ।

जितेन्द्र लाल भूमिको अध्यक्षतामा गठित रेवान बन्दिपुरको प्रथम उपाध्यक्षमा उत्सव सापकोटा, द्धितीय उपाध्यक्ष विर बहादुर गुरुङ, सचिव नानु श्रेष्ठ, कोषाध्यक्ष सेभक प्रजापती छन भने सदस्यहरुमा श्रुती श्रेष्ठ, रिता महतो, मोनिका गुरुङ, रविन परियार, शुकराम लामा, आदिती पियाँ छन् । यस्तै, सल्लाहकार सुमन श्रेष्ठ र सुजन श्रेष्ठ रहेको बताइएको छ ।

रेवान बन्दिपुरमा ३८ वटा होटल तथा रेष्टुरेन्ट आवद्ध रहेका र तनहुँमा रहेका होटल तथा रेष्टुरेन्टलाई रेवनमा आवद्ध गर्दै व्यवसायीहरुलाई खाना बनाउने, सरसफाई, खानाको गुणस्तर तथा अर्गानिक खानाका परिकारका विषयमा प्रशीक्षण प्रदान गर्दै अगाडि बढिने अध्यक्ष भूमिले बताए ।

बन्दिपुरमा रेवान कार्यालय उद्घाटनका अवसरमा आयोजकले बन्दिपुरमा आएका पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्दै सडकमै फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम गरेको थियो ।

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारालाई आत्मसात् गर्दै रेवान बन्दिपुर गठन गरिएको र जिल्ला भरका होटल व्यवसायीहरुलाई आवद्ध गराइ गुणस्तरीय सेवा प्रवाह गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष भूमिले बताएका छन् ।

कोभिडका कारण सुस्ताउँदै आएको बन्दिपुरको पर्यटन व्यवसायलाई लयमा फर्काउन रेवान लगायत पर्यटन व्यवसायी, सामुदायिक होमस्टेको महत्वपूर्ण भूमिका रहने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

रेवान बन्दिपुरका पदाधिकारीहरुलाई बधाई दिंदै बन्दिपुरको पर्यटन विकासमा गाउँपालिकाले विशेष प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाएको बताउँदै बन्दिपुरका सबै होटल व्यवसायी, पर्यटन व्यवसायी, होमस्टे सञ्चालकहरु हातेमालो गरी पर्यटनमैत्री वातावरण बनाउन आग्रह गरे ।

उक्त पदस्थापन कार्यक्रममा बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, तउवा संघ बन्दिपुर बजार इकाइ सभापति घनश्याम उपाध्याय, पर्यटन व्यवसायी वैंस गुरुङ, नेवाः दय दबु बन्दिपुरका अध्यक्ष राजेश पियाँ, बन्दिपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेल लगायतले बन्दिपुरको पर्यटन विकासमा रेवानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker