६० लाखको लागतमा देउरालीनगरमा वधस्थल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-३ स्थित देउराली नगरमा ६० लाख रुपैयाँको लागतमा नमुना बधस्थल निर्माण गरिएको छ । नगरमा निर्मित बधस्थलको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले सुधारिएको आधुनिक बथस्थलको रुपमा संचालन ल्याउन लागिएको हुँदा सफा, स्वच्छ र व्यवस्थित मासु बिक्री वितरण ध्यान दिन आग्रह गरे । ‘वधस्थलको सफाईमा विशेष ध्यान दिनु पर्छ योसो भएमा वातावरण प्रदुषण हुनबाट जोगाउँछ’, नगरप्रमुख न्यौपानले भने, ‘व्यवस्थित बधस्थल नहुँदा मानिसमा पशुजन्य रोगको संक्रमण बढ्न सक्ने खतरा हुने हुँदा यस तर्फ सचेत भई स्वस्थ पशुको बध गरी बिक्री वितरण गर्न ध्यान दिनुपर्छ ।’

बधस्थल उद्घाटन कार्यक्रमका सभापति एवं पुल्चोक टोल विकास संस्थाका अध्यक्ष नेत्रबहादुर थापाले बधस्थल गण्डकी प्रदेशकै नमुनाका रूपमा चिनारी हुने विश्वास व्यक्त गरे । व्यास नगरपालिकाको ठूलो भूमिका भन्दै टोल वासी र मासु व्यवसायीहरुको सहयोगमा वधस्थल संचालन हुन जरुरी रहेको उनको भनाइ छ । वधस्थलमा वायु ग्याँस, भित्तामा रिटेरिङ्ग वाल्क, नालीसहित निर्माण भएको अवस्थामा संचालन गर्दा राम्रो हुने उनले बताए ।

कार्यक्रममा व्यास-२ का वडाध्यक्ष काशिराम श्रेष्ठ, व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल लगायतले बधस्थलको महत्वका विषयमा चर्चा गरेका थिए । करिब ६० लाख रुपैयाँको लागतमा तयार बधशालाले बजारमा प्रदुषण कम गर्ने र व्यवस्थित तथा शुद्ध मासुको आपूर्तिमा जोड दिने व्यास-३ का वडा सदस्य रविन पौडेलले बताए । वधस्थल निर्माण उपभोक्ता समितिका सचिव देव गजमेरले दमौली मात्र नभएर यस क्षेत्रकै लागि नमूना भएको भन्दै यसको सदुपयोगमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker