आदिकविमा भवानी–सरस्वती अधिकारीको स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना

दमौली : तनहुँको व्यास नगरपालिका–१३ ओटाङदी टोल निवासी बलभद्र अधिकारीले आफ्ना दिवंगत पिता भवानीप्रसाद अधिकारी र माता सरस्वती अधिकारीको स्मृतिमा आदिकवि भानुभक्त क्याम्पसमा अक्षय छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

अधिकारीले विहीबार दिउँसो नबिल बैंकमा रहेको क्याम्पसको खातामा रु. ५० हजार ५५५ जम्मा गरी कोषलाई थप सबल बताएका छन् । उक्त रकम जम्मा गरेको बैंक भौचर क्याम्पस प्रमुख महाप्रसाद हड्खेलाई हस्तान्तरण गरिएको क्याम्पसले जनाएको छ ।

यसअघि पनि अधिकारीले २०७२ सालमा क्याम्पसलाई रु. १० हजार १९५ सहयोग गरेका थिए । दुबै रकम मिलाएर हाल कोषमा जम्मा भएको कुल रकम रु. ६० हजार ७५० पुगेको छ ।

स्थापना गरिएको अक्षय छात्रवृत्ति कोषको ब्याजबाट हरेक वर्ष क्याम्पसमा स्नातक तहमा अध्ययनरत व्यास–१३ का निम्न आय भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker