तनहुँमा भोली राती १२ बजेबाट निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइदैन ? (सूची सहित)

भञ्ज्याङ न्यूज

जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले वैशाख २२ गते बुधबार राती १२ बजेदेखि लागु हुने गरी जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । तनहुँका केही पालिकामा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि मंगलबार बसेको केन्द्रको बैठकले बुधबार राती १२ बजेबाट लागु हुने गरी बैशाख ३१ गतेसम्म निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले अत्य आवश्यक बाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार दमौलीमा बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको थियो ।

सोही अनुरोध र नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराएका छन् । बैकठले ऋषिङ गाउँपालिकाको वडा नं. २, ३, ४, ५, ६ ७ र ८ तथा घिरिङ गाउँपालिका बाहेक जिल्लाका अन्य पालिकाहरुमा अति आवश्यक कार्य र सेवा बाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको सहायक प्रजिअ बरालले बताएका छन् ।

उक्त बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरुको निगरानी राख्न वडास्तर र टोलस्तरमा यस अघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनिहरुलाई निगरानीमा राख्ने, दश दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

यस्तै, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिया बनाई समय समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने तथा अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ ।

बैठकले पिसिआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ । तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार मात्र तनहुँका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker