पाँच लाख बराबरको सामाग्रि चोरेको आरोपमा दुइ युवा पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँ प्रहरीले पाँच लाख मूल्य बराबरको सामाग्रि चोरेको आरोपमा दुइ जना युवालाई पक्राउ गरेको छ । भानु नगरपालिका-९ बाइसजाँगरमा मोवाइल पसलबाट चोरी गरेको अभियोगमा लमजुङको वेशीशहर नगरपालिका-९ का २३ वर्षीय पूर्णबहादुर गुरुङ र दूधपोखरी गाउँपालिका-६ घर भई वेशीशहर नगरपालिका-८ बस्ने २५ वर्षीय विकास गुरुङलाई पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार कात्तिक २९ गते अशोक श्रेष्ठले सञ्चालन गर्दै आएको कालिका मोवाइल एण्ड इलेक्ट्रोनिक पसल तोडफोड गरी विभिन्न कम्पनीका मोवाइल सेट, घडी, रिचार्ज कार्ड लगायत अन्दाजी पाँच लाख रुपैयाँ बराबरको सामग्री चोरी गरेको अभियोगमा निजहरुलाई शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीले उनिहरुको साथबाट विभिन्न कम्पनीका ११ थान मोवाइल बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker