जङ्गली च्याउ खाँदा तनहुँमा एक महिलाको मृत्यु, अन्य ४ जना विरामी खतरामुक्त

दमौली । जङ्गली च्याउ खाएर विरामी परेकी एक महिलाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्ककी ८५ वर्षीया द्रोणपति गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी गराए ।

असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा द्रोणपतिसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी परेका थिए ।

अन्य विरामी चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker