नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

दमौली : नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो ।

समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको धिमे बाजा, परम्परागत सङ्गीत, नृत्य सिकाएको समितिका अध्यक्ष सन्देशनारायण श्रेष्ठले जानकारी दिनुभयो । नयाँ पुस्ताले नेवार संस्कृति बिर्सदै गएकाले यसको संरक्षणका लागि तीन महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको संस्कृति संरक्षण गर्नुपर्छ भनेर लागिपरेका हौ । व्यास नगरपालिकाभित्रका ४० जना युवायुवतीलाई तीन महिनासम्म विभिन्न सीप सिकाएका छौ ।”

सहभागीलाई तजिलजी नाच, धिमे बाजा, लाखे नाच, टाकटुके नाच, कुमारी नृत्य सिकाइएको छ । “पुरानो पुस्ताले अहिलेसम्म संस्कृति संरक्षण गर्दै आउनुभएको छ, अब हाम्रो जिम्मेवारी हो,” उहाँले भन्नुभयो, “भाषा, संस्कृति बिर्सन हुँदैन । पुरानो पुस्ताबाट अहिलेको पुस्तामा सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौ ।”

उनीहरुलाई सुदीप श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको अन्तिम दिन शनिबार सहभागीहरुले नेवार सांस्कृतिक सम्पदा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको बताउनुभयो । नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि व्यास नगरपालिका सधैं तयार रहेको उहाँको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष शङ्करनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले अहिलेका पुस्तालाई संस्कृति हस्तान्तरण गरिनु सकारात्मक रहेको बताउनुभयो । नेपालको चिनारी नै नेवारी भाषाबाट भएकाले सरकारले नेवार संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker