पत्रकार महासंघ तनहुँको पत्रकार कल्याणकारी कोषमा २० हजार सहयोग

भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा भानु नगरपालिका-९ पुर्कोटका राम पाण्डले आर्थिक सहयोग गरेका हुन् । प्रभु बैंकका पूर्व सञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष, आशा लधुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले कोषका लागि आइतबार बीस हजार रुपैयाँ सहयोग गरेका हुन् ।

संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको पाण्डेले बताए । पाण्डेले सो रकम नेपाल पत्रकार महासंघ तनहुँ शाखको नाममा नेपाल बैंक लिमिटेड दमौली शाखामा रहेको खाता नं. ०६०००१००३३५३३१०००००१ मा जम्मा गरेको महासंघ तनहुँका सह-सचिव प्रकाश अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक, सहयोगी संस्था र व्यक्तिहरुबाट कल्याणकारी कोषका लागि आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker