विद्यालयको पुनःनिर्माण तीव्र

  • रासस (तनहुँ)

विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो । चालु आवमा चारकोठे ५२, तीनकोठे छ र दुइकोठे २० गरी ७८ विद्यालयको पुनःनिर्माण शुरु गरिएको एकाइका इञ्जिनीयर अनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चारकोठे भवनका लागि प्रतिविद्यालय रु ७० लाख २५ हजार, तीनकोठेका लागि रु ३५ लाख ८० हजार र दुइकोठेका लागि रु २३ लाख ७५ हजार लागत अनुमानपश्चात निर्माण शुरु गरिएको हो ।

प्रतिविद्यालय माध्यामिक तहका लागि रु १६ लाख र आधारभूत तहका लागि रु १३ लाख ५० हजार लागत अनुमान भई ६१ शौचालय निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ५७ विद्यालयलाई खानेपानीका लागि प्रतिविद्यालय रु सात लाख ४० हजारको दरले रकम निकासा गरिएको छ । उक्त रकम निकासापश्चात १० विद्यालयले चारकोठे, नौ विद्यालयले शौचालय र छ विद्यालयले खानेपानीको काम शुरुआत गरिसकेका छन् ।

म्याग्दे गाँपालिका-५ स्थित रविचन्द्र प्राथमिक विद्यालय र भिमाद नगरपालिका भिमादको धर्म माध्यमिक विद्यालयले शौचालय निर्माण पूरा गरिसकेको एकाइले जनाएको छ । छात्रछात्रा र अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ । आव २०७५/७६ मा चारकोठे भवनका लागि प्रथम चरणमा रु १० करोड र दोस्रो चरणमा रु २९ करोड ४३ लाख ५३ हजार ६८९ बजेट विनियोजन भएको एकाइले जनाएको छ ।

विद्यालयको पुनःनिर्माणको प्रस्ताव र स्थानीय तहको सिफारिसका आधारमा निवेदन पेश गर्न लगाउने, भूकम्पबाट क्षति भएको अवस्था अवलोकन, आवश्यक कक्षाकोठा, विद्यार्थी संख्या आदिका आधारमा प्राथमिकता निर्धारण गर्ने गरिएको एकाइका सूचना अधिकारी रामेश्वर लामिछानेले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्प तथा पराकम्पनले तनहुँका ४८६ विद्यालयमध्ये २९१ विद्यालयमा प्रत्यक्ष असर परेको छ भने अप्रत्यक्षरूपमा सबै विद्यालयमा नोक्सान भएको बताइएको छ ।

आव २०७३/७४ देखि पुनःनिर्माण शुरु गरेकामा हालसम्म ७६ दुइकोठे, २५ तीनकोठे र ११८ दुइकोठे शौचालय र ५७ खानेपानी गरी जिल्लाका २१३ विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन्। शहरको तुलनामा ग्रामीण क्षेत्रमा पुनःनिर्माण गर्ने स्थानसम्म सडकको नाजुक अवस्था, लकडाउनको प्रभाव, निर्माण सामग्रीको उपलब्ध्ातामा असहजता, सीपमूलक कामदारको कमीजस्ता समस्याले निर्माणमा कठिनाइ भोग्नुपरेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker