एमाले तनहुँले टुंगायो उम्मेदवार, १० वटै पालिकामा उम्मेदवारी दर्ता गरिदै

भञ्ज्याङ न्युज/दमौली

स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले तनहुँले उम्मेदवार टुंगायाएको छ । नेकपा एमाले तनहुँले चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको हो । एमालेले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसँग तालमेल गर्ने सहमति भएको छ । जोशी समूहका लागि एमालेले केही स्थानीय तह छाडेको छ ।

एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा, भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, व्यास नगरपालिकाको उपप्रमुखमा बसुन्धरा घर्ती, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्ना घिमिरे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कंडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारी उम्मेदवार चयन भएका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा एमालेको समर्थनमा जोशी समूहबाट दीपकराज जोशी उम्मेदवार बन्ने भएका छन् । आँबुखैरेनीको उपाध्यक्ष, बन्दीपुरको उपाध्यक्ष, भानुको उपप्रमुख जोशी समूहलाई छाडिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker