म्याग्देको छाङपाटन मोटरमार्गमा कालोपत्र

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले बताए।

मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ ।

मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् । कालोपत्र भएको मोटरमार्गको शनिबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताइन् ।

सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उनले बताइन्। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker