तनहुँका २३ जना सहित गण्डकीमा ८५९ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
भञ्ज्याङ न्यूज

तनहुँका २३ जना सहित गण्डकी प्रदेशमा ८५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो ।
प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र गोरखा बाहेकका अन्य ९ जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् ।

प्रदेशमा देखिएका ८५९ संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष रहेको निर्देशक डा. शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार ४१ पुगेको छ ।
२४ जनाको मृत्यु
यस्तै, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विवरण सार्वजनिक गरेको छ ।
कोरोना संक्रमणबाट म्याग्दीमा १, पर्वतमा ३, गोरखामा १, लमजुङमा १, तनहुँमा २, कास्कीमा ९, बाग्लुङमा १, स्याङजामा ५ र नवलपुरमा १ जनाको मृत्यु भएको छ ।










