चाडपर्वले बजारमा चहलपहल बढ्यो

कोरोना संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन स्वास्थ्य विज्ञको आग्रह

  • भञ्ज्याङ समाचारदाता/दमौली

नेपालीहरुको महान पर्व वडा दशै तथा दिपावली नजिकिएसंगै तनहुँका बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ । चाडपर्व लक्षित किनमेल लगायतका गतिविधिका कारण अहिले बजार क्षेत्रमा मानिसहरुको उपस्थिति बाक्लिदै गएको छ । बजार क्षेत्रमा बढेको भिडभाडजन्य गतिविधिले सुस्ताएको कोरोना भाइरस संक्रमण पुनः फैलने हो कि भन्ने त्रास पनि बढाएको छ । नागरिकस्तरबाट भएको लापरवाहीका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

सार्वजनिक स्थलहरुमा स्वास्थ्य सुरक्षाका सावधानी नअप्नाई हिड्डुल गर्नाले जिल्लामा संक्रमणको जोखिम रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘सक्दो चाडै जिल्लाबासीलाई खोपको दायरामा ल्याउने कोशिस गरिरहेका छौं । तर खोप लगाएपछि कोरोना संक्रमण नहुने भने होइन ।’ हालसम्म जिल्लाका ८५ हजार ८१७ जनालाई पहिलो मात्रा र ६४ हजार ९८० जनालाई दोस्रो मात्रको खोप लगाइसकिएको छ ।

पछिल्ला दिनमा कोरोनालाई सामान्य ठान्दै बजार क्षेत्रमा भिडभाड हुन थालेको छ । चार्डपर्व नजिकिएसंगै जिल्लाको आँबुखैरेनी, डुम्रे, भन्सार, तुरतुरे, दमौली, थर्पु, खैरेनीटार, दुलेगौडा, कोत्रे, भिमाद लगायतका बजार क्षेत्रमा यतिबेला मानिसहरुको चहलपहल बढेको छ । विशेष गरी दसै पर्वलाई लक्षित गरी नयाँ कपडा खरिदका लागि फेन्सिमा मानिसहरुको बढि भिड देखिन थालेको छ । यीसंगै खाद्यान्य, बैंक तथा वित्तिया संघसंस्थामा पनि मानिसहरुको भिडभाड हुन थालेको छ ।

कोरोना संक्रमणको त्रास कायममै रहेता पनि व्यवसाय खोलेर बस्न बाँध्य रहेको व्यास नगरपालिका-२ का सुनचाँदी व्यवासायी उत्तम सुनारले बताए । ‘विवाह तथा चाडपर्वको सिजन छ, सबै पसलहरु खुल्ला छन् कोरोनाको डरले कति पसल बन्द गरेर बस्नु’, उनले भने, ‘पसलमा आउने ग्राहकलाई मास्क लगाउनुस्, स्यानिटाइजरको प्रयोग गर्नुस् त भन्ने गरेका छौं तर, कतिले मान्नुहुन्छ कतिले मान्नुहुन्न ।’

यस्तै, चाडपर्वकै समयमै लत्ताकपडा बिक्री बितरण हुने व्यास-२ की फेन्सि व्यवसायी प्रमिला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बजार क्षेत्रमा फेन्सि खोलर बसेको छु, ग्राहक आएनन् भने व्यवसाय ठप्प हुन्छ । आएका ग्राहकलाई स्वास्थ्य सुरक्षाका सावधानी अप्नाएर मात्र आउनुस् भन्दा कोही आउछन्, कोही सुनेरै फर्किन्छन् ।’

कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा र अहिले सोचेजस्तो ग्राहकहरु नहुँदा व्यवासायीहरु मारमा परेको बताउँछन् । तर बजार क्षेत्रमा भएको भिडभाडले भने स्वास्थ्यकर्मीहरु चिन्तित छन् । पछिल्लो समय स्वास्थ्य विज्ञले तेस्रो लहरको कोरोना भाइरस संक्रमणको खतरा रहेको बताएका छन्् । यसबाट बालबालिकाहरु बढी जोखिममा पर्ने खतरा रहेको हुँदा विशेष ध्यान दिनुपर्ने दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्यालले बताए ।

‘अहिले धेरै बालबालिकाहरुमा भाइरल ज्वारो पनि देखिएको छ’, उनले भने, ‘समयमै ध्यान दिइएन भने यसको जोखिम बढ्दै जान सक्छ । त्यसैले सम्पूर्ण जिल्लाबासीलाई अनावश्यक रुपमा घरबाहिरा ननिस्कन, निस्कनै परे स्वास्थ्य सुरक्षाका सावधानी अप्नाउन र आफ्ना बालबालिकाकोे स्वास्थ्य सुरक्षामा ध्यान राख्न आग्रह गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker