तनहुँको विकासका लागि भट्टराइलाई सघाउने बुद्धिजीविको प्रतिवद्धता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ मूलथलो भएका कांग्रेस निकट बुद्धिजीविको दमौलीमा सम्पन्न भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराइका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ ।

तनहुँ उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलामा सहभागीले तनहुँको स्थानीय विकास नै यहाँका नागरिकको प्राथमिकता भएको भन्दै त्यसलाई अघि बढाउन भट्टराइ नै सक्षम पात्र भएको बताए ।

निष्ठाको राजनीति गरेका र पदमै नरहेर पनि तनहुँको खानेपानी, विद्युत र बाटोघाटोमा योगदान भट्टराइले दिएका भन्दै उनी नेतृत्वमा गएमा आफूहरुले उनीमार्फत नै विकासको मार्गचित्रमा सघाउने प्रतिवद्धता जनाए । कार्यक्रममा कांग्रेस तनहुँका उपसभापति धनराज गुरूङले सत्तामा नगइन्जेल देशमा ठुला ठुला भ्रष्टाचार भएको छ भन्ने र आँफै सत्तामा जाँदा ती सबै कुराहरू नदेख्ने मान्छेहरूले गरेको राजनीति टिकाउ नहुने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजालले गोविन्द भट्टराइ शालीन र धैर्यवान नेता भएको बताए । नेता रिजालले पार्टी भित्र अहिले नै पाइहालौ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराइमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उनी कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताए । रिजालले लोकतान्त्रिक इतिहाससँग जोडिएको तनहुँ १ मा भट्टराइलाई जसरी पनि जिताउनुपर्ने बताए ।

कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेमा चुनाव सजिलै जितिने दावी गरे । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब बैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य शकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराइमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराइ राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताए । उनले भट्टराइ विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker