कांग्रेस तनहुँद्वारा संविधानसभा सदस्य सहित २ जना निलम्बन, ११ जनालाई कारवाही, १५ जनाको राजीनामा स्वीकृत

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य र गाउँ कार्य समितिका सभापतिलाई निलम्बन गरेको छ भने ११ जनालाई कारवाही गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई सहयोग गरेको आरोपमा उनीहरु कारवाहीमा परेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको वैशाख २२ गतेको प्रेस विज्ञप्ती र कांग्रेसको विधान २०१७ (संशोधन सहितको) धारा ३४ (४) (ख) र (ग) बमोजिम कसुर गरेको हुँदा जिल्ला अनुशासन समितिले संविधानसभा सदस्य एवं महासमिति सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ गाउँ कार्य समितिका सभापति तिलबहादुर थापालाई निर्वाचन अवधिसम्मका लागि निलम्बन गर्ने निर्णय भएको अनुशासन समितिका सभापति केशबहादुर सुनारले बताए ।

संविधानसभा सदस्य एवं महासमिति सदस्य आले र गाउँ कार्य समितिका सभापति थापालाई ऋषिङमा गाउँपालिकाको स्वतन्त्र अध्यक्ष उम्मेदवार श्रीराम आले र स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार दुर्गा थापाको प्रचारप्रसार गरेको आरोप लागेको छ ।

यसैगरी अनुशासन समितिले ११ जनालाई पार्टीको सदस्यताबाट निष्काशन गरेको छ । अनुशासन समितिले वडा नम्बर २ का सदस्य दिपकराज जोशी, भानु नगरपालिका वडा नम्बर १ का क्रियाशील सदस्य नारायण पन्थ, भानु नगरपालिका वडा नम्बर ११ का सदस्य हस्तबहादुर क्षेत्री, भानु नगर समितिका सचिव सीताराम बानियाँ, आँबुखैरेनी वडा नम्बर २ का क्षेत्रीय प्रतिनिधि कटकबहादुर थापा, आँबुखैरेनी वडा नम्बर ५ का क्षेत्रीय प्रतिनिधि पञ्चबहादुर गुरुङ, म्याग्दे गाउँपालिका वडा नम्बर १ का क्षेत्रीय प्रतिनिधि विष्णुबहादुर थापा, मुक्तिनाथ खनाल, म्याग्दे गाउँपालिका ३ का क्रियाशील सदस्य गङ्गादत्त अधिकारी, सीता अधिकारी र क्षेत्रीय प्रतिनिधि रामचन्द्र श्रेष्ठको सदस्यता निष्काशन गरेको छ ।

यस्तै, नेपाली कांग्रेस तनहुँले विभिन्न मितिमा राजिनामा पेश गरेका १५ जनाको राजिनामा स्वीकृत गरेको छ । जिल्ला सभापति जितप्रकाश आलेले शुक्रबार विज्ञप्ती सार्वजनिक गर्दै उनीहरुको राजिनामा शुक्रबारबाटै लागु हुने गरी स्वीकृत गरिएको र निजहरुको पार्टी सदस्यता खारेज गरिएको जनाएका छन्

जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार क्षेत्रीय प्रतिनिधि चुडामणि दाहाल, क्षेत्रीय प्रतिनिधि राजकुमार श्रेष्ठ -राकु), क्रियाशल सदस्य दीर्घ थापा, क्षेत्रीय प्रतिनिधि सूर्यभक्त अधिकारी, व्यास नगर कार्य समिति सदस्य यामबहादुर थापा, जिल्ला कार्य समिति सदस्य विश्व बास्तोला, क्रियाशील सदस्य भोजबहादुर आले, महासमिति सदस्य महेश्वर भट्टर्राई, क्षेत्रीय प्रतिनिधि श्रीराम आले, वडा सचिव दुर्गाबहादुर थापा, जिल्ला सदस्य भरतकृष्ण श्रेष्ठ, वडा सभापति भरतकुमार श्रेष्ठ, कृष्णबहादुर अधिकारी, वडा सहसचिव आशिष खत्री र क्षेत्रीय प्रतिनिधि केशमाया गुरुङको राजिनामा स्वीकृत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker