दमौलीको छाब्दी खोला दोभानमा पहिरोले पुर्दा एक वृद्धाको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित निर्मल नगरको छाब्दी खोला दोभानमा राती १ बजेको समयमा खसेको पहिरोले पुरिदा एक महिलाको ज्यान गएको छ ।

घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा घाइते भएकी ६३ वर्षीया सरस्वती घर्तीको उद्घार गरि उपचारका लागि दमौली अस्पताल लग्दै गर्दा मृत्यु भएको बताइएको छ ।

पहिरोमा परि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाने तयारी गर्दा ज्यान गएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए ।

पहिरोका कारण घर पूर्ण रुपमा क्षेती भएपनि घरका अन्य सदस्यलाई केही नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।

घरका अन्य सदस्य र मृतक वृद्धा फरक फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको घटनास्थल पुगेका वडा अध्यक्ष दरैले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker