थानीमाई मन्दिरमा ६६ वटा फूलको डोली

भानु : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमार्या मन्दिरमा कात्तिक महिनाको पहिलो मंगलबार पञ्चेबाजा घनकाउँदै पूचाअर्चनका लागि फूलको डोलीसहित पुगेको भक्तजनहरु । यस मन्दिरमा सोमबार रात भर ५४५ जना कर्ताहरुले मन्दिर परिशरमा बत्ती बालेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भक्तजनहरू फूलको डोली र पञ्चैवाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।


आफ्नो मनोकाङ्छा पूरा भएको भन्दै सोमबार राती घरमा सत्यनारायणको पूजा लगाई मंगलबार बिहानै पञ्चेबाजा, भजनकृतनका साथमा फूलको डोली लिएर भक्तजनहरु मन्दिरमा पूजाअर्चनका लागि पुग्ने गर्दछन् ।

विशेष गरी कात्तिक, मंसिर र माघ महिनाको मंगलबारका दिन भक्तजनहरु पूजाअर्चनका लागि मन्दिर पुग्ने गर्दछन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker