रोपाइको तयारी

तनहुँको व्यास नगरपालिका–९ सिस्नेरीस्थित खेतमा असारे धान खेतीका लागि तयार गर्दै गरिएको खेत र पाक्दै गरेको चैते धान खेती । तनहुँमा यस वर्ष करिब ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गर्ने अनुमान गरिएकोमा असार १५ सम्ममा करिब ४५ प्रतिशत रोपाई भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । यस्तै, सिंचाई सुविधा भएको करिब ३ हजार ८०० रोपनी क्षेत्रफलमा यस वर्ष चैते धान खेती भएको बताइएको छ । प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाइ हुने खेत तथा फाँटहरुमा भने रोपाई सुरु हुन सकेको छैन । तस्विर : भञ्ज्याङ










