छाब्दीमा आएको बाढीले व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने डाइभर्सन बगायो

व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।

गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो । केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker