भिमाद नगर सचिवालय कमिटी गठन गरी जिम्मेवारी बाँडफाँड
भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिमाद नगर कमिटीले नगर सचिवालय कमिटी गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । स्थायी कमिटी सदस्य किरण गुरुङको उपस्थितिामा २१ सदस्य नगर सचिवालय कमिटी गठनका साथै वडा इन्चार्जको जिम्मेवारी तोकिएको हो ।
सचिवालय कमिटीमा नगर कमिटी अध्यक्ष इमान थापा, उपाध्यक्ष चतुर्भुज सुवेदी, सचिव उमाकान्त श्रेष्ठ, उपसचिवद्वय पदम सेन ठकुरी, भिम सिंह थााप “बलु” कार्यालय सचिव लाल बहादुर थापा “लालु” चयन भएका छन् । सदस्यहरु सोमनाथ शर्मा, हर्क बहादुर थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे, निरोज खनाल, जिम बहादुर राना, वीर बहादुर बस्याल “वीरु”, सन्तोष थापा “प्रेम”, खिम बहादुर थापा, पवित्रा थापा, नारायणी गैह्रे लामिछाने, शिव कुमार आले, दिनेश थापा र माधव थापा रहेका छन् ।
यस्तै, वडा इन्चार्जमा १ देखि ९ वडासम्म क्रमशः सोमनाथ शर्मा, दिनेश थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे, निरोज खनाल, जीम बहादुर राना, सन्तोष थापा “प्रेम” र खिम बहादुर थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले ८५ सदस्यीय नगर सल्लाहकार परिषद समेत गठन गरेको छ । नगर कमिटीले यही चैत्र ४ र ५ गते नगर स्तरीय पार्टी प्रशिक्षण गर्ने जनाएको छ ।
नगर कमिटी अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा आयोजित केन्द्रीय सल्लाहकार परिषद सदस्य दधिराज सुवेदी, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरुको उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।










