भानुमा खुल्ला तीज गीत प्रतियोगिता

भानु । तनहुँको भानु नगरपालिका–१ भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता गरिने भएको छ । भानु नगर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र १५ गते भन्सारको ग्रीनपार्कमा संयुक्त रुपमा प्रतियोगिता गर्न लागेको हो ।
भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठका अनुसार तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र प्रमाण–पत्र, द्धितीय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतीय हुने समूहले १५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५/५ हजार रुपैयाँ र प्रमाण–पत्र, उत्कृष्ट नृत्यलाई ५ हजार प्रमाण–पत्र र प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई १/१ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संरक्षक भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष  कृष्णकुमार श्रेष्ठले बताए ।
निःशुल्क रुपमा टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन पाइने बताइएको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले महिलाहरुले नेतृत्व विकास, मौलिक कला, संस्कार, सँस्कृतिको संरक्षण र आय–आर्जनमा समेत जोडिन आग्रह गर्दै उनले यस्ता कार्यक्रमलाई नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
भानु नगरपालिका वडा नं १ की वडा अध्यक्ष कान्छीमाया तामाङले नारीहरुको महान चाड तीजको पूर्वसन्ध्यामा कार्यक्रम हुने भएकाले आफू पनि महिलाको प्रतिनिधित्व गरिरहेकाले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने सहयोग गर्ने प्रतिवद्धता जनाइन । समितिले प्रतियोगितामा विभिन्न संघसंस्था नगरपालिकाका १३ वटै वडासंग समन्वय र सहकार्य गरिने भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker