“बालिका शिक्षा” कार्यक्रम अर्न्तगत सिद्धेश्वरी माविका बालिकालाई रेडियो
भञ्ज्याङ न्यूज

तनहुँको व्यासनगरपालिका-१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका कक्षा ७, ८ र ९ छात्राहरुलाई बिहीबार रेडियो बितरण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोग तथा रुम टु रिडको समन्वयमा विद्यालयमा ‘बालिका शिक्षा’ कार्यक्रम अर्न्तगत ३८ जना छात्रालाई एक एक थान रेडियोका उपलब्ध गराइएको हो । कोरोना कहरका कारण जारी निषेधाज्ञाको समयमा बालिकाको सिकाई कार्यक्रमलाई प्रभावकारी बनाउन रेडियो बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताए ।
रोडियोका माध्यमबाट फूर्सदको समयमा महिला हिंसा, मानव बेचविखन, मानवअधिकार, यौनजन्य हिंसाका विषयमा सचेतना तथा नेतृत्व विकासको साथै पठन पाठनको लागि सहयोग पुग्ने अपेक्षा विद्यालयले गरेको छ । निषेधात्राको सदुपयोग गर्दै रेडियो मार्फ प्रसारण हुने सचेतजामूलक कार्यक्रमको साथसाथै पठनपाठनमा सहज हुने बिश्वास लिएको कक्षा ८ मा अध्यनरत छात्रा सजना गैह्रेले बताइन् ।
रुम टु रिड नामक संस्थाले छात्राहरुको घर घरमा पुगेर अनुगमन गर्दै आर्थिक अभावमा पठनपाठनमा समस्यामा परेकालाई आर्थिक सहयोग गर्ने, अभिभावकसंग प्रत्यक्ष भेटघाट गरेर सुझाब दिने लगायतका कार्यहरु गर्ने भएको छ ।
यस्तै, व्यास नगरपालिकाले आर्थिक बर्ष२०७८/०७९को लागि रुम टु रिडलाई एक लाख पचास हजार रुपैयाँ बजेट बिनियोजन गरेकोले सोही रकम मध्येबाट खरिद गरेर बालिकाहरुलाई रेडियो बितरण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।
दलित र मगर समुदायको बाहुल्यता रहेको उक्त बिद्यालयमा तीन सय बढी बिद्यार्थीहरु अध्ययनरत छन् । तामाङ, क्षेत्री र बाहुन न्यून संख्यामा रहेका छन् । गतबर्षदेखि ११ र १२ कक्षाको पर्ढाई सञ्चालनमा ल्याएको छ । विद्यालयमा सिसि क्यामेरा जडान, आइसिटी कक्षा सञ्चालन र आधुनिक लाइब्रेरी स्थापनासंगै आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको विद्यालय जनाएको छ ।










